Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति ?


GDP नेपाल
   १९ जेष्ठ २०७९, बिहिबार


बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह