Logo

कर्पोरेट-बजार

बिस्कुट सङ्घद्वारा बजेटको स्वागत


GDP नेपाल
   १९ जेष्ठ २०७९, बिहिबार


नेपाल बिस्टुक उत्पादक सङ्घले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेट सकारात्मक रहेको जनाएकोे छ । स्वदेशी उद्योगको उत्थानका लागि सरकारले गरेको सकारात्मक निर्णयले बिस्कुट उद्योगी आशावादी रहेको सङ्घले जनाएको हो ।

सङ्घका महासचिव विक्रम कर्माचार्यले बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल र पामोलिनलगायतका कच्चा पदार्थको उत्पादन नेपालमा नहुँदा आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

बजेटमा बिस्कुट उद्योगले आयात गर्दै आएको कच्चा पदार्थ आयातमा पाँच प्रतिशत भन्सार महसुल र विदेशबाट बिस्कुट आयात गर्दा अन्तशुल्क १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ, “यो व्यवस्थाले स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्नुपर्छ भनी सकारात्मक सन्देश पाएका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले सरकारको उक्त निर्णयले स्वदेशी उद्योगले आफ्नो उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न सक्ने वातावरण बन्न सक्ने आशा व्यक्त गर्नुभयो । सङ्घले करिब आठ वर्ष अगाडि नेपालमा सञ्चालित अवस्थामा रहेका ३५ बिस्कुट उद्योगमध्ये हाल १८ मात्र सञ्चालित अवस्थामा रहेको जनाएको छ । आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसक्दा बिस्कुट उद्योग बन्द भएको जनाइएको छ ।सङ्घका अनुसार बिस्कुट उद्योगमा मात्रै रु १० अर्बभन्दा बढीको लगानी रहेको छ ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह