Logo

कर्पोरेट-बजार

क्यानडेली सांसदले भने– नेपालमा लगानी गर्न जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्छ


appharu
   २४ आश्विन २०७५, बुधबार


काटमाडौं । नेपाल भ्रमणमा रहेको क्यानेडियन सांसद ब्राड ट्रोस्टले – नेपालमा लगानी गर्न जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने धारणा राखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँगको भेटमा ट्रोस्टले क्यानेडियन लगानी आकर्षणका लागि सरकार–सरकार, जनस्तर–जनस्तर, निजी क्षेत्र–निजी क्षेत्र बीच सम्पर्क विस्तार गर्नुपर्ने धारणा राखे ।

उनले क्यानडास्थित गैर आवासीय नेपाली संघसंग सम्पर्क विस्तार गर्नुपर्ने सुझाव पनि दिए । साथै, उनले क्यानडियन सरकारले विशेष गरी नेपालको साना तथा मझौला उद्यम व्यवसायलाई प्रविधिगत रूपमा सु–सज्जित गर्न सघाउने विश्वास दिलाए ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयको निमन्त्रणामा आएको उच्चस्तरीय पा“च सदस्यीय प्रतिनिधिमण्डल र महासंघका अध्यक्ष राणाको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूबीच मंगलबार नेपाल–क्यानडा आर्थिक व्यवसायीक सम्बन्ध विस्तार, लगानी, प्रविधि आदान–प्रदान सम्भाव्यता खोजी लगायतका विषयमा बृहत छलफल भएको महासंघले जनाएको छ ।


क्यानेडियन प्रतिनिधिमण्डलको तर्फबाट नेपाली उद्योगी व्यवसायी तथा लगानीकर्ताहरूले नेपाल क्यानाडा बीचको आर्थिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षण गर्न प्रविधिगत रूपमा नेपाली उद्योगी व्यवसायीहरूलाई दक्ष बनाउन क्यानडाबाट के–कस्तो सहयोगको अपेक्षा गरिएको छ, सो सम्बन्धमा छलफल गरियो । सो क्रममा उद्योगी व्यवसायीहरूले विशेषगरी नेपालमा व्यवसायिक कृषि, हस्तकलाका सामाग्री, औषधी, पर्यटन, उर्जा लगायतका क्षेत्रमा क्यानडाबाट लगानी, प्रविधि, बजार प्रवद्र्धन लगायतका क्षेत्रमा दरिलो सहयोग खोजेको स्पष्ट पारेका थिए ।

महासंघ अध्यक्ष राणाले नेपालमा यतिखेर स्थिर सरकार रहेको र लगानीको वातावरण समेत अत्यन्त राम्रो भएकोले क्यानेडियन उच्च प्रतिनिधिमण्डललाई नेपालमा लगानी विस्तारका लागि सहयोग गर्न आग्रह गरिन् । अध्यक्ष राणाले प्रधानमन्त्रीज्यूबाट हालै सम्पन्न संंयुक्त राष्ट्र संघको भ्रमणका क्रममा क्यानेडियन प्रधानमन्त्रीसंग भएको भेटघाट तथा नेपाल क्यानडा बीचको आपसी सहयोग आदान प्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर कार्यक्रमको स्मरण गराउ“दै सो सम्झौताबाट क्यानाडा–नेपाल बीचको आर्थिक सहकार्यमा ढोका खुल्ने विश्वास प्रकट गरेकी छन् ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरू लगायतका उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपाल र क्यानडा बीचको व्यवसायिक सम्बन्ध विस्तार गर्न भेटवार्ता एक राम्रो माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे । उनले नेपालमा क्यानडियन प्रविधि भित्राउन पहलका लागि समेत आग्रह गरे ।

यस्तै, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले नेपाल–क्यानाडा बीचको आर्थिक व्यापार साथै लगानीका क्षेत्रहरु सम्बन्धी प्रस्तुती दिए । उक्त प्रस्तुतिमा नेपालमा हाल विभिन्न ४५ वटा परियोजनाहरूमा क्यानेडियन संयुक्त लगानी रहेको स्पष्ट गरियो साथै नेपाल–क्यानाडा बीचको आर्थिक सम्बन्धलाई विस्तार गर्नुपर्नेमा समेत जोड दिइएको छ ।

प्रकाशित : २४ आश्विन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह