Logo

कर्पोरेट-बजार

प्रथम गभर्नर राणालाई सम्पदा संघबाट लाइफटाइम एचिभमेन्ट अवार्ड


GDP Nepal
   २० जेष्ठ २०७९, शुक्रबार


काठमाडौं । नेपाल सम्पदा संघले प्रथम गभर्नर हिमालय शमशेर राणालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा राणालाई यो अवार्ड प्रदान गरिएको संघका महासचिव धर्मराज शाक्यले जानकारी दिए ।

प्रथम गर्भनर राणा नेपाल सम्पदा संघका संस्थापक सदस्य समेत हुन् । उनलाई हालै जापान सरकारबाट सम्मान प्राप्त भएको छ ।

हिमालयन बैंकका संस्थापक अध्यक्ष रहेका राणा सम्पदा प्रेमी तथा कलाप्रेमी बैंकिंग सम्बन्धी कार्यमा सुधारवादी, वरिष्ठ समाजसेवी, राष्ट्रवादी व्यक्तित्वका कारण यो सम्मान प्रदान गरिएको महासचिव शाक्यको भनाइ छ ।

सम्पदा संघका वर्तमान अध्यक्ष अम्बिका श्रेष्ठ सहित उपाध्यक्ष प्रतिमा पाण्डे महासचिव शाक्य, उपमहासचिव डा. पुनम राणा, कोषाध्यक्ष चूडादेव सिंह लामा घिसिङ, कार्यकारिणी सदस्य एवं पुरातत्वविद प्रकाश दर्नाल र अन्य पदाधिकारीले बिहीबार थापाथलीस्थित राणा निवासमा पुगेर सम्मान पत्र प्रदान गरेका थिए ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह