Logo

कर्पोरेट-बजार

खुकुरी रम कारखानाका फोहर ९८% व्यवस्थापन, वातावरण संरक्षणमा ५ बुँदे प्रतिबद्धता


GDP Nepal
   २१ जेष्ठ २०७९, शनिबार


काठमाडौं । खुकुरी रमले कारखानाबाट निस्कने फोहरमध्ये ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भएको दावी गरेको छ । खुकुरी रम उत्पादक कम्पनी दि नेपाल डिस्टिलरिजले आगामी ३ वर्षभित्रमा यस्तो फोहर व्यवस्थापन शत्प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गरेको छ ।

विश्व वाताव।ण दिवसका अवसरमा कम्पनीले यस्तो जानकारीसहित प्रतिबद्धता जनाएको हो । दि नेपाल डिस्टिलरिज प्रालि संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो ।

कम्पनीले सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने जनाएको छ । अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेको उल्लेख छ ।

खुकुरी रकमले बोतलहरु पुनः प्रयोग गर्दै आएको तथा उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेको जनाएको छ ।

“अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत हामी अग्रसर छौं, हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले ग्रीन इनर्जीमा समेत काम गरिरहेको उल्लेख गर्दै आगामी तीन वर्षभित्रमा ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्ने जनाएको छ ।

एनडिपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको तथा आगामी दिनहरुमा समेत यो सहकार्य(अभियान) जारी राख्ने प्रतिबद्धता गरेको महाप्रबन्धक सुभास लामिछाने बताउँछन् ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह