Logo

कर्पोरेट-बजार

बालेनलाई होन्डाको साथ, देशभर रहेका १०७ शोरूममा सार्वजनिक शौचालय


GDP नेपाल
   २२ जेष्ठ २०७९, आइतबार


होन्डाले देशभर रहेका आफ्ना शोरुममा सार्वजनिक शौचालय उपलब्ध गराउने भएको छ । कम्पनीले देशभर रहेका आफ्ना १०७ शोरूमका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने भएको हो ।

कम्पनीले काठमाडौँका युवा मेयर बालेन्द्र साहको अभियानलाई साथ दिँदै गत शुक्रबारदेखि नै आफ्ना शोरुमबाट निःशुल्क शौचालयको सुविधा दिँदै आएको जानकारी दिएको छ ।

साहले काठमाडौँ महानगरको पहिलो कार्यपालिका बैठकमा सार्वजनिक शौचालयको व्यवस्थाबारे उपत्यका भित्र रहेका होटल, रेष्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने निर्णय अघि सारेका थिए ।

साहको निर्णयलाई साथ दिँदै बैठकले सर्वसाधरणको शौचालयमा सहज पहुँच अभिवृद्धि गर्न महानगरका व्यावसायिक कम्पनी तथा संस्थानसँग सम्झौता गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत महानगरले आजै एक सूचना जारी गर्दै आफ्ना अफिस तथा रेष्टुरेन्टमा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन इच्छुक व्यवसायीलाई निजी साझेदारी एकाइ बबरमहलमा सम्पर्क गर्न समेत आग्रह गरिसकेको छ ।

साहको यस निर्णयलाई साथ दिँदै उपत्यकामा मात्र नभएर देशका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट तथा कम्पनीहरुले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गरिसकेका छन् ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह