Logo

कर्पोरेट-बजार

‘प्लस टु’ परीक्षा दिइ बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट


GDP Nepal
   २३ जेष्ठ २०७९, सोमबार


काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकारले कक्षा १२ को परीक्षा दिइ बसेका विद्यार्थीलाई ५० प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।

आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्न यस्तो अफर ल्याइएको केबलकारले जनाएको छ ।

उनीहरुलाई केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै प्लस टू दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना २६ जेठदेखि ३ असार २०७९ सम्म लागू हुनेछ ।

पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सराङकोट पुग्न सकिने छ ।

प्रकाशित : २३ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह