Logo

कर्पोरेट-बजार

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा सरदविक्रम राणाको ‘रि–इन्ट्री’


GDP Nepal
   २४ जेष्ठ २०७९, मंगलबार


काठमाडौं । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा सरदविक्रम राणा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राणालाई टीईपीसीको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका गृहमन्त्री वालकृष्ण खाँडले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

राणा यसअघि पनि टीईपीसीमा कार्यकारी निर्देशक थिए । तर, केही महिनापहिले कार्यकाल पूरा गरे पनि केन्द्रमा नयाँ नियुक्ति हुन सकेको थिएन ।

राणासहित ईश्वरीप्रसाद घिमिरे र रमेश कडरिया कार्यकारी निर्देशकका लागि अन्तिम तीनमा छनोट भए पनि मन्त्रिपरिषदले राणालाई नियुक्त गरेको हो ।

उद्योग बाणिज्य क्षेत्रमा झण्डै तीन दशक बिताएका राणाले हालैमात्र अन्तर्राष्ट्रिय व्यापारको इतिहासदेखि वर्तमानसम्मका चुनौती र अवसर समेटेर लेखेको ‘नेपालको अन्तर्राष्ट्रिय व्यापारः चुनौती र अवसर’ पुस्तक सार्वजनिक भएको छ ।

वैदेशिक व्यापारमा सुक्ष्म अध्येता तथा प्राविधिक पक्षको समेत ज्ञाता मानिएका राणाा निजी क्षेत्रसँग समन्वय गर्नसक्ने कुशल प्रशासक र व्यवस्थापक मानिन्छन् ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह