Logo

कर्पोरेट-बजार

यस्तो छ सीजी मोटर्सले सार्वजनिक गरेको ‘निटा भी’ को विशेषता, मूल्य कति ?


GDP नेपाल
   २६ जेष्ठ २०७९, बिहिबार


चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले बुधबार नेपाली बजारमा नयाँ बिजुली गाडी ब्राण्ड नेटा भी सार्वजनिक गरेको छ ।

चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गरेको निटा ब्राण्ड इभीले फुलचार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिन्छ। .यो कार ५० पैसा बिजुलीको खर्चले १ किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यसमा ३८.५ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ। निटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा छ। यसमा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ।

कारको फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट ९५ पिएस पावर र १६० एनटर्क जेनेरेट गर्छ। यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको क्षमता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली राखिएको छ।

नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न पाँच रङमा उपलब्ध छ। यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ पर्छ। सिजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमा सुविधा निःशुल्क उपलब्ध हुने कम्पनीले बताएको छ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह