Logo

विकास / पूर्वाधार

निकले नेपालमै बनायो डेढ करोड रूपैयाँ पर्ने पावर ट्रान्सफर्मर


appharu
   २६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । २६ वर्षअघि नेपाल र थाइल्यान्डको संयुक्त लगानीमा स्थापित नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)ले अब नेपालमै पावर ट्रान्सफर्मर उत्पादन सुरु गरेको छ ।

एउटा पावर ट्रान्सफरको झन्डै डेढ करोड रुपैयाँ मूल्य पर्दछ । हेटौंमा फ्याक्ट्री तथा भक्तपुरमा सर्भिस सेन्टर रहेको निकले वार्षिक २ सय वटासम्म यस्ता उपकरण उत्पादन गर्ने क्षमता राख्दछ ।

कम्पनीका प्रबन्ध निर्देशक कुशकुमार जोशीका अनुसार नेपालमै पावर ट्रान्सफर उत्पादन सुरु भए पनि बजारको भने कुनै ग्यारेन्टी छैन । नेपालले हाल वार्षिक रूपमा ३ अर्ब रूपैयाँ बराबरको २ सय पावर ट्रान्सफर्मर आयात गर्दै आएको छ ।

पावर ट्रान्सफर्मर भनेका १० एमभीएका भन्ने बुझिन्छ । यस्ताखाले ट्रान्सफरम हालसम्म ४० वटा उत्पादन गरी बिक्री भइसकेको जोशीले बताए ।

यस्तै, निकले तेल नभएको, नजल्ने र नपड्कने तथा भवनभित्रनै जडान गर्न सकिने बढी सुरक्षित ड्राइ टाइपको ट्रान्सफर्मर समेत उत्पादनका लागि स्पेनको आईएमईएफवाई कम्पनीसँग सहकार्य गर्न लागेको प्रबन्ध निर्देशक जोशीले जानकारी दिए ।

पछिल्लो समयमा विदेशमा विशेषगरी सुपर मार्केट र ठूला कमर्सियल भवनहरूमा ड्राइ टाइपको ट्रान्सफर्मर राख्ने गरिएको छ ।

नेपालमा समेत त्यो क्रम सुरु भएकोले सहकार्य गरी नेपालको आवश्यकता स्वदेशी उत्पादनमै पूरा गर्न लागेको जोशीले जानकारी दिए । यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गर्नुपर्ने भएकोले यसको प्रक्रिया अघि बढेको कम्पनीले जनाएको छ ।

निकका उत्पादन भुटानमा पनि लोकप्रिय छन् ।

प्रकाशित : २६ आश्विन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह