नबिल बैंक लिमिटेडले सामाजिक सञ्जाल फेसबुकमा बैंकको नक्कली अकाउन्ट बनाई भ्रामक सूचना सम्प्रेसन गरिएको बताएको छ ।
बैंकले आज एक सूचना जारी गर्दै फेसबुकमा ब्लु टिक फेसबुकबाट भेरीफाईड आईढी भएको अकाउन्टबाट आएको सूचना मात्र आधिकारिक भएको जनाएको हो ।
“नबिल बैंकको नाममा Fake Account “Nabil Bank” बनाई ग्राहकवर्ग एवम् जनसमुदायहरुलाई नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भइरहेको हुँदा नबिल बैंक लिमिटेडको एकमात्र आधिकारिक Verified Account (Blue Tick – NABIL BANK) भएको “Facebook Page” बाट पोस्ट गरिएका सूचना, जानकारीहरुलाई मात्रै आधिकारिक मान्न सम्पूर्ण ग्राहकवर्ग एवम् जनसमुदायलाई जानकारी गराउँदछौं।”सूचनामा उल्लेख छ ।
प्रतिक्रिया