Logo

कर्पोरेट-बजार

नेपाली बजारमा ‘रियलमी जिटी नियो ३’ सार्वजनिक हुँदै, यस्ता छन् विशेषता


GDP नेपाल
   ३० जेष्ठ २०७९, सोमबार


रियलमीले नेपालमा सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन ‘रियलमी जिटी नियो ३’ सार्वजनिक गर्ने तयारी गरेको छ ।

रियलमीले गत वर्ष सार्वजनिक भएको रियलमी जिटी नियो २ प्रो को सफलता पछि रियलमी जिटी ३ प्रो सार्वजनिक गर्न लागेको हो । जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हुने कम्पनीको दावी छ ।

कम्पनीका अनुसार १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५०% चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

यस्ता छन् रियलमी जिटो नियो ३ को विशेषता

आधुनिक जीवनको साथमा, हालका प्रयोगकर्ताहरुसँग स्मार्टफोनका सुविधाहरुमा उच्च स्तरको शक्ति, नियन्त्रण र प्रदर्शन छ, यसले प्रयोगकर्ताहरुलाई एकै समयमा सक्रिय रुपमा धेरै कार्य गर्न र उनीहरुको दैनिक तालिका नियन्त्रण गर्न सक्षम बनाउँछन् । यी आवश्यकताहरुबारे ग्राहकको गहिरो बुझाइका साथ, जिटी नियो मिडिया टेक डाइमेन्सिटी ८१०० मोबाईल प्लाटफर्म सँगसँगै स्वतन्त्र डिस्प्ले चिप र अल्ट्राडार्ट १५० वाट फास्ट चार्जिङ प्रविधिसहित सुसज्जित छ ।

अल्ट्रा –डार्ट १५० वाट फास्ट चार्जिङ (५ मिनेटमा ०–५०%)

यो फोनमा १५० वाट फास्ट चार्जिङलाई सपोर्ट गर्ने ४,५०० एमएएच् ब्याट्री छ । फास्ट चार्ज गर्ने प्रविधिलाई सुरक्षा र सुविधाहरुको धेरैतहहरु ब्याकअप गरिएको छ र टीयूभी राईनल्याण्ड सेफ फास्ट चार्जिङ द्वारा प्रमाणित छ । रियलमीले १६०० चार्ज साइकल पछि ब्याट्रीले आफ्नो मूल क्षमताको ८०% राख्ने दाबी गरेको छ । धेरै जसो प्रतिस्पर्धाले ८०० चार्ज चक्र पछि ८०% ब्याट्री क्षमताको दाबी गर्दछ यसले सुस्त चार्जिङ गति प्रदान गर्दछ ।

रियलमी जिटो नियो २, ६ महिना पहिले ६०० हर्ज टच प्रतिक्रिया रेट प्रदान गर्ने पहिलो फोनहरु मध्ये एक थियो । नयाँ जिटी ३ ले आफ्ना प्रयोगकर्ताहरुलाई उच्च प्रतिक्रिया दिनको लागि १००० हर्ज (जिटी मोडमा) बढाउँछ । यो १२० हर्ज रिफ्रेस रेटको साथ ६.७ ईन्च एफ एच डी अमोल्ड डिस्प्ले हो ।

आई–पपिङ फ्लागशिप पफर्मर, मिडियाटेक डाईमन्सिटी ८१०० ५जी SoC १२ जिबी र्‍याम २५६ जिबी स्टोरेजको साथ जोडिनेछ । रियलमी जिटी नियो ३ ले OIS सँग ५० एमपी सोनी IMX766 प्राईमरी सेन्सर, ८ एमपी अल्ट्रा–वाइड लेन्स र पछाडी २ एमपी म्याक्रो सेन्सर फिचर गर्नेछ साथै फ्रन्टमा सेल्फी भिडियो कलहरुको लागि १६ एमपी क्यामेरा हुनेछ ।

रियलमी जिटी २ प्रो

सधैँझैँ, रियलमीको अथक प्राविधिक र डिजाईनहरु छिटो वृद्विको आधारशिला भएका छन् । रियलमी जिटी २ प्रोमा, रियलमीले विश्वको पहिलो तीन परिचय दिएको छ ः बायो–पोलिमर सामग्रीबाट बनेको ब्याक कभर, १५० डिग्री अल्ट्रा–वाईड क्यामेरा, र्र रियलमीको ईनोभेसन फवार्ड कम्युनिकेसन’ रहेका छन् । प्रिमियम अनुभूति दिनको लागि, रियलमी जिटी २ सिरीज ‘नाओतो फुकासावासँग’ डिजाइन गरिएको हो जसले विशिष्ट पेपर टेक मास्टर डिजाईन र बायो– पोलिमर सामग्रीको साथ युवाहरुलाई आकर्षित गर्दछ ।

नयाँ पुस्ताको आवश्यकतालाई सम्बोधन गर्दै, रियलमीले फोनहरुलाई अब सञ्चार उपकरण मात्र नभएर तिनीहरुले दिगोपनप्रति जेन जेडको मनोवृत्तिलाई प्रतिनिधित्व गर्दछ । यसबाहेक, अहिलेसम्मकै सबैभन्दा प्रिमियम फ्लागशिपको रुपमा, रियलमी जिटी २ प्रो स्नापड्रागन ८ जेन १ सँग आउनेछ र यसले नेपाली प्रयोगकर्ताहरुलाई नयाँ हाई–ईन्ड अनुभव प्रदान गर्ने आशामा थप रोमाञ्चक विशेषताहरु ल्याउनेछ ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह