Logo

कर्पोरेट-बजार

नेपालमा कोका–कोलाको ग्लोबल क्याम्पेन “अपलिफ्ट” को दोस्रो संस्करण शुरु


GDP नेपाल
   ३० जेष्ठ २०७९, सोमबार


हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन “अपलिफ्ट” को दोस्रो संस्करण शुरु गरेको छ ।

कोका कोलाले “कोक उठाउँ, आफुलाई जगाउँ” भन्ने ट्यागलाइनका साथ दोस्रो संस्करण शुरु गरेको हो । यो क्याम्पेनको उद्धेश्य उपभोक्ताहरुलाई दिँउसोको आलस्य समयमा एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु रहेको कम्पनीले जनाएको छ ।

यसको लागि कम्पनीले नयाँ टिभीसी समेत सार्वजनिक गरेको छ जसमा मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको छ ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीज्युले भने, “हामीले यो क्याम्पेन मार्फत हाम्रा उपभोक्ताहरूलाई वहाँहरु जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले उहाँहरुलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौं ।”

यस्तै, बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबै जनालाई दिँउसोको समय अल्छि लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरुलाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।”

त्यस्तै, कम्पनीले यस क्याम्पेनभर कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको बताएको छ ।

बजारमा उपभोक्ताहरूको माग अनुसार कोका–कोलाको विभिन्न साइज र बोतलहरूमा उपलब्ध छन् । जसमा (१७५ एमएल र २५० एमएलका ग्लास बोतल) र २५० एमएल , ५०० एमएल, १ लिटर, १.५ लिटर, २.२५ लिटरका पेट बोतलहरू रहेका छन् । त्यसैगरी बजारमा कोका–कोला जेरो सुगर पनि उपलब्ध छ ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह