Logo

कर्पोरेट-बजार

राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको ‘डेकोरेसन अफ अनर इन सिल्भर’


GDP Nepal
   २ असार २०७९, बिहिबार


काठमाडौं । व्यवसायी राजेशबाबु श्रेष्ठ अस्ट्रिया सरकारको ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदवीबाट विभूषित हुने भएका छन् ।

श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्य दूत हुन् । उनलाई यो अवार्ड ग्रहणका लागि मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको हो ।

मन्त्रिपरिषदको जेठ ३१ गतेको निर्णयमा भनिएको छ–
राजेशबाबु श्रेष्ठलाई अस्ट्रियाबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर र द ब्रिगेड अफ गुर्खाजका भूपू सैनिकहरु धर्मराज तामाङ र वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पाइर मेडल पदक ग्रहण गर्न स्वीकृति दिने ।

डेकोरेसन अफ अनर अस्ट्रिया सरकारद्वारा सम्मानित गरिने पदक हो । अस्ट्रिया र विदेशबाटसमेत जसले देशको लागि उत्कृष्ट सेवाहरू प्रदान गरेका छन्, उनीहरुर्ला यो पदक प्रदान गरिन्छ ।

डेकोरेसन अफ अनरसम्बन्धी पुरस्कारहरू सम्बन्धित कानून बमोजिम राष्ट्रपतिद्वारा बनाइन्छ भने सरकारले उपयुक्त व्यक्ति छनोट गर्दछ ।

मनकामना केबलकारका प्रवन्ध निर्देशक श्रेष्ठ खेलकुद क्षेत्रमा पनि आवद्ध छन् ।

प्रकाशित : २ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह