Logo

कर्पोरेट-बजार

आइसक्रिमको विकल्प बन्दै ‘फ्रोयो’, नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने


GDP Nepal
   ३ असार २०७९, शुक्रबार


काठमाडौं । फ्रोयो (फ्रोजन योगर्ट) नेपालले नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने भएको छ । ललितपुरको झम्सिखेलबाट सेवा दिइरहेको फ्रोयोले काठमाडौं उपत्यकाका बालुवाटार, ठमेल लगायतका क्षेत्रमा शाखा खोल्ने तथा मुलुकका सबैजसो मुख्य सहरहरुमा सेवा विस्तार गर्ने जनाएको छ ।

उपत्यकामा फ्रोयो नेपालले आफैं शाखा खोल्ने तथा उपत्यकाबाहिर भने फ्रेञ्चाइजमार्फत सेवा विस्तार गर्ने योजना रहेको फ्रोयोका सञ्चालक जोशिला भण्डारीले जानकारी दिइन् । फ्रोयोले हाल १५ प्रकारका स्वादमा सेवा दिइरहेको उल्लेख गर्दै भण्डारीले यसमा चिनी र फ्याट मिसावट नगरिएका कारण सबैखाले उपभोक्तालाई उपयुक्त हुने बताइन् । “स्वास्थ्यप्रति सजग व्यक्तिहरुका लागि फ्रोयो निकै लाभदायी छ, यो जुनसुकै उमेरका व्यक्तिहरुले खान सक्नुहुन्छ,” उनले भनिन् ।

विकसित मुलुकहरुमा फ्रोयोलाई आइसक्रिमको विकल्पका रुपमा पनि लिइन्छ । आइसक्रिममा चिनीको मात्रा बढी हुने भए पनि फ्रोयोमा चिनी मिसावट गरिँदैन । फ्रोयो नेपालका सञ्चालक भन्डारीका अनुसार फ्रोयो विशिष्ट प्रकारले तयार गरिएको फ्रोजन दही हो । “यसको विशेषता भनेकै ‘लो फ्याट, लो सुगर’ हो र यो पूर्णतः भेज पनि हो,” भन्डारी भन्छन्, “फ्रोयो मूलतः स्वास्थ्यप्रति सजग व्यक्तिहरुले नै खाने हो, यसको कुनै साइड इफेक्ट हुँदैन बरु यसले पाचन शक्ति सबल बनाउँछ ।”

नेपालमा फ्रोयो एक दशकअघि नै भित्रिसके पनि कोभिड महामारीका बेला उपत्यकाका दुईसहित पोखरालगायतका क्षेत्रका आउटलेट बन्द भएका थिए । कोभिड असर कम हुँदै गएको र पर्यटकीय चहलपहल बढ्दै गएका कारण कम्पनीले यसको सेवामा आक्रामक ढंगले विस्तार गर्ने योजना अघि सारेको छ ।

फ्रोयोले दूध र दही नेपाली नै प्रयोग हुने जनाएको छ । फ्रोयोमा १८० रुपैयाँदेखि ९ सय रुपैयाँका फेमिली प्याक फ्लफी बबल वाफल उपलब्ध रहेका छन् । हाल यी परिकारहरु आँप, लिची, स्ट्रबेरीलगायत विभिन्न १५ फ्लेबरमा उपलब्ध रहेको जनाइएको छ । यसमा विभिन्न फलफूलसहित सर्भ गरिने भएकाले स्वादिलो तथा स्वस्थकर रहेको सञ्चालक भण्डारी बताउँछिन् ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह