Logo

कर्पोरेट-बजार

अब काठमाडौं महानगरभित्रै होमस्टे, हाँडीगाउँ क्षेत्रबाट सुरु


GDP Nepal
   ५ असार २०७९, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँग मिलेर होमस्टे सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको नीति तथा कार्यक्रममा होमस्टे सञ्चालन गर्ने उल्लेख छ ।

“निजी क्षेत्र, ब्यवसायी र स्थानीय समुदायसंग सहकार्य गरी होमस्टे संचालन गरिनेछ,” मेयर बालेन्द्र शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, “प्राचिन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक बर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे संचालनको ब्यबस्था मिलाइनेछ ।”

महानगरले होमस्टेमा संलग्न हुने जनशक्तिलाई आवश्यक तालिमको ब्यबस्था गरिने उल्लेख गरेको छ ।

यस्तै, महानगरपालिका क्षेत्रमा रहेका ऐतहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर, बहाल, पोखरी, हिति, चैत्य, स्तुप आदिको अभिलेख राखी संरक्षणको ब्यबस्था मिलाइनेछ । ऐतिहासिक महत्वका बहाः, बहीः, चोक लगायतका स्थानहरुलाई ऐतिहासिक परिचय खुल्ने गरी नेपाल भाषामा मौलिक नामकरण गर्ने नीति लिइने उल्लेख छ ।

महानगरपालिका क्षेत्रको अमूर्त सम्पदाको संरक्षण र प्रबर्दनमा योगदान गरी आएका जात्रा, पर्ब, गुठीका कार्यक्रमहरुलाई निरन्तरता दिइने तथा मूर्त, अमूर्त कला तथा सम्पदालाई पर्यटन ब्यवसायसँग आबद्ध गरी कार्यक्रम संचालन गरिने जनाएको छ ।

काठमाडौं सहरलाई अन्तराष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरन्जनका कार्यक्रम संचालनका लागि द्यचबलमष्लन गर्न सम्बद्ध निकायहरुसँग सहकार्य गरिने उल्लेख छ ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह