Logo

कर्पोरेट-बजार

बढ्यो हवाई भाडा, धनगढी पुग्न १६ हजार ८०५ रुपैयाँ (सूचीसहित)


GDP नेपाल
   ६ असार २०७९, सोमबार


हवाई इन्धनको मूल्यवृद्धि भएसँगै हवाई भाडा पनि वृद्धि भएको छ ।

नेपाल वायु सेवा सञ्चालक संघका अनुसार बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई भाडा वृद्धि गरिएको हो । नयाँ मूल्य सूची अनुसार सबैभन्दा धेरै काठमाडौँ–धनगढी हवाई उडानमा ८४० रुपैयाँले भाडा बढाइएको छ भने सबैभन्दा कम काठमाडौँ सिमरा रुटमा १७० रुपैयाँले हवाई भाडा महंगिएको छ ।

८४० रुपैयाँले बढेसँगै काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।

गए रातिदेखि लागु हुने गरेर नेपाल आयाल निगमले हवाई इन्धनका साथै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरसँगै हवाई भाडा बढेको हो । निगमले हवाई इन्धन प्रतिलिटर १९ रुपैयाँले बढाएको छ ।

प्रकाशित : ६ असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह