Logo

कर्पोरेट-बजार

बुधबारदेखि सबै हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघकाे घोषणा


GDP नेपाल
   ७ असार २०७९, मंगलबार


वायुसेवा सञ्चालक संघले बुधबार (भोलि) देखि सबै हवाई उडान बन्द गर्ने घोषणा गरेको छ ।

संघले आज पत्रकार सम्मेलन गर्दै रात्रिकालिन उडानसहित हवाई क्षेत्रका देखिएका समस्या समाधान गर्न ५ बुँदे माग राख्दै सम्बोधन नभएसम्म उडान बन्द गर्ने घोषणा गरेको हो ।

संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने, रात्रिकालिन उडानमा रहेको प्राविधिक समस्या समाधान गर्नुपर्ने माग अघि सारेको छ ।

प्रकाशित : ७ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह