Logo

कर्पोरेट-बजार

बहुमूल्य गहनाको कारोबारमा एकरुपमा ल्याउने सुनचाँदी क्षेत्रका तीन संगठनबीच सहमति


GDP Nepal
   ७ असार २०७९, मंगलबार


काठमाडौं । सुनचाँदी क्षेत्रका तीनवटै संगठनबीच सहकार्य हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच सहकार्य हुने भएको हो ।

संघको पहलमा तीनवटै संगठनबीच सहकार्यको सहमति भएको र यससँगै बहुमूल्य गहनाको कारोबारमा एकरुपमा ल्याउने सहमति भएको संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले जानकारी दिइन् ।

तीनवटै संगठनको बैठकले तीनबुँदे निर्णयसमेत गरेको छ । जसमा बहुमूल्य गरगहनाको कारोबारमा एक रुपता ल्याउन दुवै महासंघ र संघ बिच कार्यगत एकता गरी कार्यन्वयन गर्ने सहमति भएको छ ।

यस्तै, सुनचाँदी हिरा तथा बहुमूल्य रत्नको आयातमा देखिएका कमी कमजोरीलाई अध्ययन गरी समाधानको लागि पहल गर्ने सहमति भएको जनाइएको छ ।

बैठकले सरकारले जारी गरेको विद्युतिय माध्यमबाट बिलबिजक जारी गर्ने सम्बन्धमा दुवै महासंघ र संघले अध्ययन गरी सम्बन्धित निकायमा समस्या समाधानको लागि पहल गर्ने निर्णय गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि १० करोडभन्दा बढी कारोबार गर्ने फर्म वा कम्पनीले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने नियम ल्याएसँगै यो समस्या समाधानका लागि पहल गर्ने जनाइएको छ ।

प्रकाशित : ७ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह