Logo

कर्पोरेट-बजार

पोखरामा १ अर्ब लगानीको हेरिटेज होटल सञ्चालनमा


appharu
   ३१ आश्विन २०७५, बुधबार


पोखरा । पर्यटकीय नगरी पोखरामा अतिथि सत्कारका लाग नयाँ नयाँ सुविधामा प्रतिस्पर्धा देखिन थालेको छ । विभिन्न व्यक्ति तथा समूहले आकर्षक होटल निर्माण गरिरहेका छन् ।

यसैक्रममा कलात्मक ढंगले निर्माण भएको एउटा होटल सञ्चालनमा आएको छ । हेरिटेज होटल सुइट एन्ड स्पाः नाम रहेको यो होटल दसैंसँगै अनौपचारिक रूपमा सञ्चालनमा ल्याइएको होटलका अध्यक्ष रविचन्द्र हमालले जानकारी दिए ।

होटलमा ५० वटा कलात्मक रुमहरू छन् भने पहिलो चरणमा २४ वटा रुम सञ्चालनमा ल्याइएको छ । पुरानो कला, कौशल प्रयोग गरी सोही अनुसारको वातावरणको अनुभूति दिलाउने कलात्मक होटलको रूपमा आफूहरूले पहिचान दिन खोजेका होटलका अध्यक्ष हमालले बताए ।

११० डलरदेखि १५० डलरसम्मका रुमहरू होटलमा उपलब्ध छन् । जसमा १८ वटा सुइट डिलक्स रुम छन् ।
गुणस्तरीय पर्यटकको लागि आफूहरूले होटलमा धेरै कला संस्कृति झल्कने विषय वस्तुहरू समेट्ने प्रयास गर्दा उक्त होटल निर्माण गर्न करिब ८ वर्ष लागेको अध्यक्ष हमालले बताए । हमाल ४ दशकदेखि पर्यटन क्षेत्रमा छन् ।

करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलमा हालसम्म एक अर्बभन्दा बढी लगानी भएको छ ।
होटलमा मुख्य गरी तीनवटा छुट्टा छुट्टै तीनवटा भवनहरू छन् । प्रारम्भिक चरणमा अघिल्लो भागको भवन सञ्चालना आएको हो ।

अन्नपूर्ण, लाङटाङ र एभरेस्ट नाम दिएको उक्त भवनमा फरक फरक किसिमको पुराना कला संस्कृतिक झल्कने विषय वस्तु देख्न सकिन्छ । उक्त होटलले ३ सय मिटर क्षेत्रसम्मको अर्थिङको जोखिमलाई न्यूनीकरण गर्न अर्थिङ गरेको होटलले जनाएको छ ।

भक्तपुरे इँटा, पुराना काठ, कलात्मक ढुंगा, सिमेन्ट, बालुवालगायतबाट उक्त होटल ५ तलेसम्म निर्माण भएको छ ।

होटल भित्र हेल्थ क्लब, स्टिम, साउना रुम, ज्याकुजी, थेरापी, पुलवार, ५ सय क्षमताको दुई वटा सभाहल, पार्किङको सुविधा, भरियाको सुविधा, सुईमिङ पुल, रेस्टुराँ, बारसहितका सुविधा छन् ।

होटलबाट माछापुछ्रे, अन्नपूर्णलगायतका हिमश्रृखला देख्न सकिन्छ भने पोखराको अर्को पर्यटकीय गन्तव्य फेवातालसमेत देख्न सकिन्छ ।

प्रकाशित : ३१ आश्विन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह