Logo

कर्पोरेट-बजार

हवाई इन्धनको मूल्य समायोजन नभएको प्रति वायुसेवा सञ्चालक संघको आपत्ति


GDP नेपाल
   १२ असार २०७९, आइतबार


वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य समायोजन नभएको प्रति आपत्ति जनाएको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै हवाई इन्धनको खुद्रा मूल्य हाललाई यथावत राख्ने गरी नेपाल आयल निगमबाट भएको मूल्य समायोजन प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

यस्तै, संघले नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धराशायी हुनबाट बचाउन हवाई इन्धनको अस्वाभाविक मूल्यलाई विश्व बजारको मूल्यसँग समायोजन गर्न जरुरी रहेको बताएको छ ।

संघले भनेको छ, “अन्तर्राष्ट्रिय बजार बमोजिम आईओसीले निगमलाई रक्सौलमा उपलब्ध गराउने करमुक्त खरीद मूल्यमा सरकारको अत्यधिक राजश्व तथा निगमको अत्यधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छरछिमेकी मुलुकको तुलनामा निकै महँगो रहेको छ।”

 

प्रकाशित : १२ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह