Logo

अर्थनीति

मलेसियामा नेपाली श्रमिककको सबै खर्च रोजगारदाताले बेहाेर्ने, नेपाल र मलेशियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारी


appharu
   १२ कार्तिक २०७५, सोमबार


काठमाडौं । नेपाल र मलेशियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । राजधानीमा सोमवार आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताले नेपाली श्रमिकहरुको कामदार भर्ना, रोजगार र फिर्ता सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार मलेशिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आउनेजाने हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै बेहोर्ने भएको छ ।

 

नेपालीको स्वास्थ्य, सुरक्षा, श्रमसम्बन्धि कुनै विवाद भएका विदा समाधान नहुञ्जेल मलेशिया बस्न पाउने सुविधा पाउने, परिवारको निकटतम् ब्यत्तिको निधन भएमा बढमिा १५ दिनको बिदा पाउने समझदारी भएको छ ।

कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेशिया सरकारले लागू गरेको कानून नेपाली कामदारको हकमा पनि लागू हुने, रोजगारदातासँगको सम्झौता अवधि समाप्तभएपछि कामदारले आफूले चाहेको रोजगारदाता छनौट गर्न पाउने अधिकार रहनेछ ।

यो समझदारीपश्चात अब मलेशयिामा नेपाली कामदारले तिर्दै आएको लेभी तिर्नु पर्नेछैन । ३ वर्षको करार अवधि अब २ वर्षको हुनेछ । कामदारको पारिश्रमिक प्रत्येक महीनाको ७ तारिख भित्र बैङ्क खाता मार्फत भुक्तानि गर्नु पर्ने छ ।

कामदारले मलेशिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकबाट नघट्ने गरी तलव, भत्ता एवम् सुविधा दिनुपर्ने समझदारी भएको छ । अतिरिक्त समय काम गर्ने कामदारले थप तलव, सेवा सुविधा पाउने छन् ।

 

प्रकाशित : १२ कार्तिक २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह