काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु-सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ ।
देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलीयतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक/स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट यस फाइनानसिङ योजना सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक/स्कुटर लिन चाहने सेवाग्राहीहरूले अब मात्र ४० प्रतिशत अग्रीम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनानसिङ सुबिधाहरूको लाभ लिन सक्नेछन् ।
यामाहाको बाइक/स्कुटर खरिद गर्दा ग्राहकहरूले विभिन्न ‘प्राइस रेञ्ज’ अन्तर्गत निम्न ईएमआई अफरहरू प्राप्त गर्न सक्नेछन्ः
यस योजनाअन्तर्गत रु. ३,२३,९००/- पर्ने एफ्जेड १६ एफआईको खरिदमा ४०% अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः रु ११,३१६/-, रु. ८,७८९/- र रु. ७,३४७/- को ईएमआई भुक्तान गर्नु पर्नेछ ।
रु.३,४७,९००/- पर्ने एफ् जेड एक्स एफ्आई डब्ल डिस्कको खरिदमा ४०% अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १२,१५४/-, रु.९,४४०/- र ७,८९२/- को ईएमआई भुक्तान गर्नु पर्नेछ । यसैगरी, रु. ३,९४,९००/- पर्ने एफ्जेडएक्स भि ०३ एक्स- कनेक्टको खरिदमा ४०% अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु १३, ७९१/-, रु. १०,७१५/- र रु. ८,९५८/- को ईएमआई भुक्तान गर्नु पर्नेछ ।
रु. ४,३५, ९००/- पर्ने एफजेड एक्सको खरिदमा ४०% अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १५,२२९/-, रु. ११,८२८/- र रु. ९,८८८को ईएमआई भुक्तान गर्नु पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार, एम्टी १५ बि एण्ड बि, आर १५ भि ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० % अग्रीम भुक्तानी गर्नु पर्नेछ । एम्टी १५ बि एण्ड बि मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु.१४,०८८/-, रु. १०,९४२, र रु. ९,१४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ ।
आर १५ भि ३ मोडलको खरिदमा रु.१५,२८२/-, रु. ११, ८६९, र रु. ९,९२२ को ईएमआई भुक्तान गर्नु पर्नेछ । र, आर १५ एमको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १७,११६/-, रु. १३,२९३/- र रु. ११,११३/-को ईएमआई भुक्तान गर्नु पर्नेछ ।
यसैगरी, रेजेड्आर ड्रम १२५, रेजेड् ११३ र रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले ४०% अग्रीम भुक्तानी मै लिन सक्ने कम्पनीले जनाएको छ ।
रेजेड्आर ड्रम १२५ मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. ९,१५०/-, रु. ७,१०६/- र रु.५,९४१/- को ईएमआई भर्नु पर्नेछ । रेजेड् ११३ मोडलको स्कुटरको खरिदमा क्रमशः रु. ७,६८२/-, रु. ५,९६७/- र रु.४,९८८/- को ईएमआई भर्नु पर्नेछ ।
त्यसैगरी, रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कुटर खरिद गर्न चाहनेहरूले १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १०,१२८/-, रु. ७,८६६, र रु ६,५७६/- को ईएमआई भर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया