Logo

कर्पोरेट-बजार

नेपाल-कतार बिजनेस मिटमा महासंघ र परिसंघ अध्यक्षबीच सम्बोधनमा रोचक प्रतिस्पर्धा !


appharu
   १५ कार्तिक २०७५, बिहिबार


 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय कतार भ्रमणमा सहभागी निजी क्षेत्रका दुई ठूला प्रतिनिधिमूलक संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले नेपालमा लगानीका लागि त्यहाँका व्यवसायीहरुलाई आह्वान गरेका छन् ।

नेपाल कतार बिजनेस मिटमा अध्यक्ष राणाले बदलिँदो प्रतिस्पर्धी विश्व व्यापारको वातावरणमा नेपालमा आफ्नो व्यापार लगानी विस्तार गर्न कतारका व्यवसायीहरुलाई आग्रह गरिन् ।

परिसंघ अध्यक्ष शर्माले नेपाल र कतारबीच व्यापार र लगानी अभिवृद्धि गर्न परिसंघले प्रवद्र्धनात्मक भूमिका खेल्ने विश्वास दिलाउँदै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न सम्भाव्यताको खोजी, पहिचान र मूल्यांकन गर्न परिसंघ सदा तत्पर रहेको बताए ।

महासंघ अध्यक्ष राणाले निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघले मुलुकको आर्थिक समृद्धि तथा आत्मनिर्भर अर्थ व्यवस्थालाई सदैव विकेन्द्रीत अवधारणा अनुसार अघि सारेर कार्य गरिरहेको जानकारी गराइन् । लामो राजनीतिक अस्थिरता पश्चात नेपालमा पूर्णरूपमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बनेको समेत उनको तर्क थियोे ।

यता, परिसंघ अध्यक्ष शर्माले नेपालमा कृषिजन्य उद्योगमा वैदेशिक लगानीको लागि खाद्य प्रशोधनमा साधन, औद्योगिक वस्तुहरुमा गृह सामग्री, औषधी र वायोटेक प्रमुख आकर्षण रहेको जानकारी दिए । यस्तै, पूर्वाधारका क्षेत्रमा विमानस्थलको विकास, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीको पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो ।

अध्यक्ष राणाले पनि राणाले सन् २०२० को पर्यटन वर्षसँगै नेपालमा अन्तराष्ट्रिय तथा क्षेत्रीय विमानस्थल, द्रुतमार्ग, रेलवे, केवलकार र स्मार्ट सिटिज जस्ता पूर्वाधार निर्माणमा ठूलो लगानीको अवसर रहेको जानकारी गराइन् । विशेष गरी ऊर्जा, पर्यटन, कृषि तथा वनजन्य, सूचनाप्रविधि तथा खानीजन्य, उत्पादनमुलक र पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नेपालले ठूलो लगानी खोजीरहेको उनको भनाइ थियो । उनले नेपाली कृषि उपजलाई कतारले सहज र सिधा पहुँच दिन पनि आग्रह गरिन् ।

शर्माले नेपालको पुँजी बजारमा सूचीकरण गरिएको केही व्यवसायको उदाहरण प्रस्तुत गर्दै स्ट्यान्डर्ड चाटर्ड बैँकको बजार पूँजीकरण २ अर्ब १६ करोड डलर बराबर भइ ५५ प्रतिशत लाभांस वितरण गरेको, युनिलिभरको बजार पूँजीकरण २ अर्ब ८० करोड भइ ७०० प्रतिशत लाभांस वितरण गरेको उदाहरण प्रस्तुत गरे भने राणाले नेपालमा हाल लगानी गरिरहेका वहुराष्ट्रिय कम्पनीहरूले निकै धेरै मुनाफा कमाई आफ्नो लगानी विस्तार गरीरहेको जानकारी गराउँंदै सरकार पनि दोस्रो चरणको सुधारमार्फत बढी भन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी आकर्षणमा केन्द्रीत भइरहेको धारणा राखिन् ।

पर्यटनका क्षेत्रमा ट्रेकिङ्ग र पर्वतारोहण, वन्यजन्तु दृश्यावलोकन र रिभर ¥याफ्टिङ्ग र धार्मिक पर्यटन प्रमुख रहेको उल्लेख गर्दै परिसंघ अध्यक्ष शर्माले होटल, क्यासिनो, फनपार्क र साहसिक पर्यटनमा लगानी गर्न अनुरोध गरे ।

यता महासंघ अध्यक्ष राणाले महासंघ पी–टु–पी अवधारणामार्फत आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिँदै आएको बताइन् । द्विपक्षीय व्यापार अत्यन्त न्यून रहेको प्रशंग उल्लेख गर्दै राणाले व्यापार अभिवृद्धिका लागि दुवै देशबाट महत्वपूर्ण पहल हुनुपर्नेमा समेत जोड दिइन् ।

दुवै अध्यक्षले कतारले नेपाली कामदारलाई दिएको रोजगारी र उनीहरुबाट प्राप्त रेमिट्यान्सको खुलेरै प्रशंशा गरेका थिए ।

 

प्रकाशित : १५ कार्तिक २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह