Logo

कर्पोरेट-बजार

डिजिटल प्रणालिमा स्तरोन्नतिका लागि मनकामना केबलकार ६ हप्ता बन्द


GDP Nepal
   १८ श्रावण २०७९, बुधबार


काठमाडौं । मनकामना केबलकार साउन २३ गतेदेखि करिब ६ हप्ता बन्द हुने भएको छ ।

नेपालको पहिलो केबलकार मनकामनाले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको हो ।

हाल सञ्चालित एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको र यसका लागि प्रारम्भिक अनुमान अनुसार पाँचदेखि ६ हप्तासम्म लाग्ने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।

अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकहरु झिकाइएको र उनीहरुले केबलकारको स्तरोन्नतिको कार्य अघि बढाउने श्रेष्ठले बताए ।

केलबकार बन्द भए पनि बटम स्टेशनमा रहेको रेष्टूरेन्ट भने चालु रहने छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह