Logo

कर्पोरेट-बजार

ट्रेकिङ जाँदा अक्सिजन पुगेन ? चिन्ता नगर्नुस्; ओटू हिमालय आएको छ नी !


GDP Nepal
   ३ भाद्र २०७९, शुक्रबार


काठमाडौं । तपाइँ कतै हाइकिङ वा ट्रेकिङ जाँदा अचानक शरीरलाई अक्सिजन नपुगेको जस्तो भयो भने के गर्नु हुन्छ ? नजिकैको अस्पताल पुग्न नै समस्या पर्ने अवस्थामा तपाइँलाई प्राथमिक उपचार त जरुरी हुन्छ नै ।

प्राथमिक उपचारका लागि पनि अक्सिजनको गह्रौं सिलिण्डर नभएका ठाउँमा बिरामीलाई थप कष्ट हुनसक्छ । तर, अब यस्तो अवस्थामा तपाईँले आफ्नो हेरचाह आफैं गर्न सक्नुहुनेछ ।

माउन्टेन गियर प्रालि ठमेलले नेपालमै पहिलोपटक पोर्टेबल र हलुका अक्सिजन सिलिण्डर ल्याएको छ । निकै हलुका यी सिलिण्डरहरुले अक्सिजन अभाव भएका व्यक्तिका लागि अस्पताल पु¥याउने अवस्थासम्मको प्राथमिक उपचार (फर्स्ट एड)को काम गर्नेछन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ओटू हिमालय नामक जीवन रक्षक फर्स्ट एड भाइटालिटी रिकभरीको सार्वजनिक गरियो ।

भारतमा निर्मित ओटू हिमालयमा ९९ प्रतिशत शुद्ध अक्सिजन रहेको र यो सजिलै आफैं प्रयोग गर्न सकिने कम्पनीका कन्ट्री हेड सञ्जीव प्रधानले जानकारी दिए । उनका अनुसार यो अक्सिजनमा शून्य प्रतिशत मोस्चराइजर, कुनै फ्लेभर नभएको लगायतका विशेषता छन् ।

कम्पनीकी प्रतिनिधि मन्दिरा क्षेत्रीले दम लगायतका अन्य रोगका निमित्त पनि यो अक्सिजन सिलिण्डर उपयोगी हुने बताइन् ।

ग्रेट हिमालय ट्रेल यात्री मंगल लामा, कन्ट्री हेड सञ्जीव प्रधान लगायतले यसको सार्वजनिकीकरण गरेका हुन् ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह