Logo

कर्पोरेट-बजार

टीसीएलको दशैं तिहार लक्षित ‘अजम्बरी खुशी’ योजना सार्वजनिक


GDP नेपाल
   ८ भाद्र २०७९, बुधबार


ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले टेलिभिजनको खरिदमा रु ४०,४०० सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा रु १४,७०० को छुटका साथै १ थान टि।भी स्टिक उपहार पनि पाउन सक्नेछन् । त्यस्तै वाशिङ मेसिन खरिदमा रु १९,३०० सम्मको छुटका साथै ६ केजीको वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन् ।

रेफ्रिजेरेटरको खरिदमा रु, ३५,७०० को छुट पाउन सक्नेछन् भने एअर कन्डिसनरको खरिदमा रु ३५,४०० सम्मको छुटका साथै रु ४,००० बराबरको निःशुल्क एसी जडान सुबिधा पनि पाउन सक्नेछन् । साथै वाटर डिस्पेन्सरको खरिदमा रु ४,३०० सम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा रु १४,७०० र साउन्ड बारको खरिदमा रु ६,००० सम्मको छुट पाउन सक्नेछन् । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।

 

प्रकाशित : ८ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह