हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।
उक्त अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाइ आई२० जितेका छन् ।
सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका थियो ।
यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । सो योजना २०७८ भदौ २४ देखि कात्तिक ३० सम्म लागु गरिएको थियो ।
प्रतिक्रिया