Logo

कर्पोरेट-बजार

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित


GDP नेपाल
   १६ भाद्र २०७९, बिहिबार


पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित हुनुभएको छ । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

काभ्रेपलाञ्चोकको बनेपामा बुधबार सम्पन्न मतदानमा पाँच सय ८२ व्यवसायीले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढी मत क्षेत्रीले पाउनुभएको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले दुई सय ९७ मत प्राप्त गर्दा गौतमले एक सय २६ र महतले एक सय १८ मत प्राप्त गर्नुभएको थियो ।

क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसक्नुभएको छ । विसं २०७४ को निर्वाचनमा क्षेत्री नेकपा (एमाले)का तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पछिल्लो समय क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा रहनुभएको छ ।

अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएको छ । सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पूर्व अरनिको यातायात प्रालिका रूपमा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह