Logo

कर्पोरेट-बजार

लगातार उकालो लाग्दै सुनचाँदीको मूल्य


GDP नेपाल
   २१ भाद्र २०७९, मंगलबार


नेपाली बजारमा आज सुनको मूल्य बढेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयामा कारोबार भएको छापावाल सुन आज तीन सय रुपैयाँले बढेसँगै ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यतस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो तेजाबी सुन ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेसँगै ११ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह