Logo

कर्पोरेट-बजार

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’को विजेतालाई पुरस्कार हस्तान्तरण


GDP नेपाल
   २१ भाद्र २०७९, मंगलबार


हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्ष दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

थापाथलीस्थित हुन्डाई शोरुममा आयोजित कार्यक्रममा विजेतालाई कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिद्वारा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरिएको थियो।

सो अफरअनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका पाएका थिए।

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको विजेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्रमार्फत यही भदौ ९ गते गरिएको थियो। सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेका थिए।

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरअनुरुप बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका थिए।

सो योजना २०७८ भदौ २४ देखि कात्तिक ३० सम्म लागू गरिएको थियो।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह