Logo

अर्थनीति

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँः ऊर्जामन्त्री भुसाल


GDP Nepal
   २५ भाद्र २०७९, शनिबार


चितवन । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । भरतपुरमा शनिबार पत्रकारसँग कुरा गर्दै उहाँले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताइन् ।

हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आए पनि बंगलादेश निर्यातका लागि भारतले अनुमति दिइसकेको छैन ।

“हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भनिन्, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।”

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उनले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह