Logo

राजनीति

सत्तारुढ सांसद नै चिनीको कालोबजारीमा, तिरे ५ हजार जरिवाना !


appharu
   ३ मंसिर २०७५, सोमबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका एक सांसद गत तिहारका बेला चिनी बिक्रीमा कालोबजारी गरेका कारण कानुनी फन्दामा परेका छन् ।

काठमाडौंको ताहाचलमा किराना पसल रहेका काठमाडौं क्षेत्र नं. ८ (क) का प्रदेश सांसद राजेश शाक्य अन्ततः ऐनअनुसार ५ हजार रुपैयाँ जरिवाना बुझाउन बाध्य भएका छन् । उनी गत निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट ७७८० मत प्राप्त गरी विजयी भएका थिए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार शाक्यले प्रतिकिलो चिनी ७८ रुपैयाँमा बिक्री गरेपछि कारबाहीमा परेका हुन् । सांसद शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

कारबाहीबाट बच्न शाक्यले राजनीतिक दबाब दिए पनि गौचन झुकेनन् र अन्ततः मंगलबार ५ हजार बुझाउने प्रतिबद्धता सांसद शाक्यले गरेका छन् । विभागले कात्तिक २७ मा उनको पसलमा अनुगमन गर्दा प्रतिकेजी चिनी ७८ रुपैयाँमा बिक्री गरेको पाइएको थियो र यसको खरिद बिल माग्दा उनले उपलब्ध गराउन सकेका थिएनन् ।

संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ मा सामान खरिद गरेको बिल नदेखाउनेलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

प्रकाशित : ३ मंसिर २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह