Logo

कर्पोरेट-बजार

पञ्चासेमा ३ अर्बको केबलकारसहित १० अर्ब लगानी गर्दै व्यवसायी !


appharu
   ६ मंसिर २०७५, बिहिबार


काठमाडौं । गण्डकी प्रदेशको मनोरम प्रकृति भएको पञ्चासेमा झन्डै १० अर्ब खर्चेर वृहत पर्यटकीय गन्तव्य बनाउन व्यवसायीहरु जुटेका छन् ।
पञ्चासे तीन जिल्ला कास्की, पर्वत र स्याङ्जाको संगमस्थल हो । यो २ हजार ५ सय १७ मिटरको उचाइमा छ ।

पञ्चासेमा सबैभन्दा ठूलो आकर्षणका रुपमा केबलकार रहनेछ, जसको लम्बाइ झन्डै साढे ८ किलोमिटर रहने र यसमा ८० वटा टावर रहने जनाइएको छ । यसका प्रबद्र्धक रामचन्द्र शर्माका अनसार यो एसियाकै सबैभन्दा लामो दूरीको केबलकार हुनेछ ।

पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेड नामक कम्पनीले वृहत लगानी गर्ने घोषणा गरेको हो । सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण प्रस्ताव गरिएको यस परियोजनामा प्रदेश र स्थानीय सरकारसँगै विभिन्न सेयर सदस्यहरूबाट १० अर्ब लगानी गर्ने लक्ष्य छ ।

परियोजना करिब ६ वर्षभत्र सम्पन्न गर्नेगरी गुरुयोजना तयार भइरहेको छ । जसमा घाँटीछिनादेखि ठूलाखेत, भन्ज्याङ, हुँदै पञ्चासेको तालसम्मको क्षेत्रमा केबलकारको स्टेसन रहने जनाइएको छ । केबलकारमा दैनिक १० हजार जनासम्म आवत–जावत गर्न सकिने बताइएको छ ।

शर्माका अनुसार परियोजनामा विदेशी लगानीसमेत रहनेछ । परियोजनामा केबलकारसहित होटल, रिसोर्ट, मदिरा जोन, फनपार्क, सहिद पार्क, ट्रेकिङ रुट, साइक्लिङलगायतका प्रडक्ट रहनेछन् ।
हाल कास्कीको भदौरेसम्म सवारी साधन र त्यहाँबाट पैदल हिँडेर तथा पर्वततर्फबाट चित्रे वा आर्थर डाँडाखर्कसम्म सवारी साधन र त्यहाँबाट ५ घण्टाको पैदलयात्रामा पञ्चासे पुग्न सकिन्छ ।

परियोजनाको लागि करिब ३ हजार रोपनी जग्गा ५० वर्षका लागि भाडामा लिने तयारी भएको छ ।

प्रकाशित : ६ मंसिर २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह