Logo

बिजनेस होम

महेश बस्नेतको आरोप– नेमकिपा भक्तपुरको विकास विरोधी हो !


appharu
   ८ मंसिर २०७५, शनिबार


काठमाडौं । भक्तपुरको विकासका लागि छुट्टै मोडल विकास गरिरहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई सत्तारुढ सांसद महेश बस्नेतले भने विकासविरोधी पार्टीको संज्ञा दिएका छन् ।

भक्तपुरको मौलिक अस्तित्व जोगाएर विकास गर्नुपर्छ भन्ने मान्यतामा रहेको नेमकिपामाथि बस्नेतको आक्रमणका पछाडि भने अर्कै तथ्य रहेको स्थानीयहरु बताउँछन् । नेमकिपाले आफ्नो क्षेत्रमा जग्गाको कित्ताकटा गरेर नयाँ वस्ती बसाउन रोक लगाएपछि बस्नेतले जग्गा दलालको भाषा बोलेको उनीहरुको आरोप छ ।

शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीनिकट रहेका सांसद बस्नेतले भने– त्रिभुवन विश्वविद्यालय खरिपाटीमा राख्न खोज्दा विरोध गर्दा कीर्तिपुर गयो, काठमाडौँ विश्वविद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरी विरोध भयो, ३ नं प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध ग¥यो, अहिले अन्तर्रा्ष्ट्रिय रङ्गशाला निर्माण गर्न लाग्दा पनि नेमकिपाले बिरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ ।

तर, नेमकिपाले मुलुकको सबै विकास पूर्वाधार राजधानीमा केन्द्रित हुन नहुने भन्दै बढ्दो सहरीकरण रोक्न महत्वपूर्ण भूमिका राख्दै आएको छ । भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउन नपाएपछि बिचलित भएका जग्गा दलालहरु अहिले नेमकिपाविरुद्ध खनिएका छन् र दुर्भाग्यवश उनीहरुको नेतृत्व बस्नेतले गरिरहेको नेमकिपाएका एक स्थानीय नेताले बताए ।
प्रतिनिधिसभामा सबैभन्दा स्पष्ट र कडा रुपमा प्रस्तुत हुने नेमकिपाका एकमात्र सांसद प्रेम सुवालविरुद्ध पनि बस्नेत संसदमै अस्वाभाविक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

प्रकाशित : ८ मंसिर २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह