Logo

कर्पोरेट-बजार

फोर्ड फ्रिस्टाइल सार्वजनिक, मूल्य २९ लाख ९९ हजार


appharu
   १९ बैशाख २०७५, बुधबार


काठमाडौं, १९ वैशाख । जि.ओ अटोमोवाइल्सले नयाँ गाडी फोर्ड फ्रिस्टाइल काठमाडौंमा सार्वजनिक गरेको छ । फोर्ड सीयूभी सेगमेन्टको फ्रिस्टाइल गाडी नेपाली बजारमा सार्वजनिक भएको हो।

ललितपुरको लबिम मलमा आयोजित एक विशेष कार्यक्रममा गाडी सार्वजनिकीकरणपछि अटोमोबाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले जि.ओ. अटोमावाईल्सले फोर्ड फ्रीस्टाइलमा क्रसओभर मात्र नभै भरपूर्ण विशेषताहरु रहेकाले नेपाली ग्राहकहरुले एकदमै रुचाउने दाबी गरे ।

एसयूभी जस्तो डिजाइन र टेक्नोलोजीले भरिपूर्ण यस फोर्ड फ्रिस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटि भेइकल हुने कम्पनीले बताएकोछ। नेपाली बजारमा यसको मुल्य २९ ला ९९ हजार कायम गरिएकोछ।

यो गाडीमा फ्रन्ट बम्परमा स्कीड प्लेट र फेसिका सेक्सन जोडिएको छ, जसले फ्रीस्टाइलको डिजाइनलाई अझै आकर्षक बनाएको कम्पनीले जनाएको छ।

फ्रिस्टाइलमा रहेको टिआइभिसिटी पेट्रोल इन्जिन सानो, हलुका र शक्तिशाली हुनुका साथै कम इन्धन प्रयोग गरी राम्रो माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। कम्पनीका अनुसार यसको ९६ पिएस पावर यो सेगमेन्टको सबैभन्दा बढी रहेको हो। ६ वटा गियर बक्स र ईलेक्ट्रोनिक स्टाबिलिटी भएको फोर्ड फ्रीस्टाइल ग्राहकको सुरक्षाको पनि ध्यान राखेर बनाइएको कम्पनीले जानाएकोछ।

फोर्ड फ्रिस्टाइलमा १।२ लिटरको नयाँ पेट्रोल इन्जिनको प्रयोग गरिएको छ । कम्पनीका अनुसार सो इन्जिनले १९ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ।

प्रकाशित : १९ बैशाख २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह