Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?


GDP नेपाल
   २ कार्तिक २०७९, बुधबार


बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, यसअघि प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९२ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह