Logo

कर्पोरेट-बजार

वायुसेवा निगम निजीकरण नहुने, विकल्पमा कम्पनी वा रणनीतिक साझेदार खोजिने !


appharu
   १२ मंसिर २०७५, बुधबार


काठमाडौं । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने बरु कम्पनी मोडलमा सञ्चालन गर्ने वा रणनीतिक साझेदार खोज्ने विकल्पमा काम गर्ने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले निगमलाई कम्पनी मोडेलमा लैजाने कि रणनीतिक साझेदारी खोज्ने भन्नेबारे अहिले छलफल भैरहेको जानकारी दिए । रिपोर्टर्स क्लबमा उनले भने– निगमलाई निजीकरण गर्दैनौं । बरु, हामी कम्पनी मोडेलमा चलाउँछौं । नेपाल टेलिकमजस्तो कम्पनी मोडेलमा चलाउँछौं ।

निगमको २ वटा जहाज खरिद गर्नको लागि सरकार आँफै जमानत बसेकाले व्यवस्थापन सुधारेर अघि बढ्ने उनको भनाइ छ । “हाम्रो पहिलो प्राथमिकता भनेको नै व्यवस्थापन सुधार्ने नै हो । निगमले आँफै कमाउँछ र तिर्छ । सधैं ऋण दिएर हुँदैन् । कमाउन र चलाउन सक्छ,” उनले भने ।

आफूहरुले निगम सञ्चालनको लागि अन्तर्राष्ट्रिय साझेदार खोजिरहेको पनि उनले सुनाए । अधिकारीले थपे– नेपालमा मार्केट नभएकाहरुलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं । त्यस्तोसँग हामी साझेदारी खोज्छौं । साझेदारी खोज्ने प्रक्रियाबारे हामी अबको दुई हप्ताभित्र निर्णय लिन्छौं ।

जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने– अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई सहयोग गरिरहेको छ । यदि खरिद प्रकरणमा अनियमितता भएको भेटिए सरकारले कारबाही गर्छ ।

प्रकाशित : १२ मंसिर २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह