Logo

कर्पोरेट-बजार

निगमको वाइडबडी हत्याउने हवाई माफियाहरुको ‘गेम प्लान’ !


appharu
   १४ मंसिर २०७५, शुक्रबार


काठमाडौं । के तपाइँहरुले ख्याल गर्नुभएको छ कि अहिले नेपाल वायुसेवा निगमका सन्दर्भमा भइरहेको बहस र बिबाद खरिद प्रक्रियासँग मात्र सीमित छ ? अथवा निगमको सानातिना कमजोरी पनि कि स्थापित अखबार, टेलिभिजन र अनलाइनका ठूला हेडलाइन बनिरहेका छन् ?

तपाइँलाई निगमको चिन्ता गरेर यस्ता समाचार आइरहेका छन् वा सांसदहरुले संसदीय समितिमा निगमको भविश्य सोचेरै यस्तो धारणा राखिरहेका छन् भन्ने लाग्छ भने निश्चय पनि तपाइँहरु भ्रममा हुनुहुन्छ ।

निगमसँग सम्बन्धित समाचार तथा जिम्मेवार व्यक्तित्वहरुको अभिव्यक्ति गहिरिएर विश्लेषण गर्ने हो भने त्यसभित्र पक्कै पनि केही खिचडी पाक्दैछ भन्ने स्पष्ट संकेतहरु देखिन्छन् ।

विभिन्न स्रोतका अनुसार मुलुकका केही शक्तिशाली हवाई माफियाहरु निगमको जहाज आफैं भाडामा लिएर चलाउने योजनामा छन् । निगमले जहाज धान्नै सक्दैन, मासिक ३० करोड घाटा वा २ सातादेखि बिग्रिएर थन्किएकाजस्ता समाचारको भरमै निगम खराब हालतमा पुगिसकेको विश्लेषणमा आम पाठक झुक्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो भने मात्रै पनि आम पाठकले देख्न सक्छन् कि निजी क्षेत्रको हिमालय एयरलाइन्सका २ जहाज ६ महिनादेखि घाम तापेरै बसिरहेका छन् । विमानमा चरा ठोकिनेदेखि गियरमा समस्या आउने रोग निगममा मात्र नभै सबैजसो विदेशी एयरलाइन्समा भइरहेकै हुन्छ । तर, समाचार निगमको मात्रै आउने कारण भने यसलाई कमजोर बनाउने नै हो भन्नेमा सन्देह छैन ।

निगमको जहाज हत्याउने गेम प्लानमा स्वदेशका निजी एयरलाइन्स सञ्चालकदेखि निगमकै सञ्चालकसम्म सक्रिय छन् । एक सञ्चालकले त दुवै वाइडबडी जहाज भाडामा दिन सञ्चालक समितिमा प्रस्ताव गरेको बताइएको छ ।

उनले निगमका गन्तव्य नथपिएसम्मका लागि भन्दै भाडामा दिने प्रस्ताव गरे पनि यो प्रस्ताव कार्यकारी अध्यक्ष मदन खरेलकै भएको जानकारहरु बताउँछन् । खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको अधिकार कटौती गर्दै नियुक्त भएका हुन् । तर, निगम भित्रिएदेखि नै उनका गतिविधि सन्देहास्पद देखिएको जानकारहरु बताउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने नयाँ गन्तव्य विस्तारका लागि जुटिरहेका बेला हवाई माफिया भने जसरी पनि जहाज फुत्काउने योजनामा छन् ।

प्रकाशित : १४ मंसिर २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह