Logo

कर्पोरेट-बजार

हवाई सम्झौतापछि कम्बोडियासँग लगानीको ढोका खुल्यो, निजी क्षेत्र सम्बन्ध बढाउँदै


appharu
   १५ मंसिर २०७५, शनिबार


काठमाडौं । नेपाल र कम्बोडियाबीच हवाई सम्झौतासँगै लगानीको ढोका खुलेको दुवै देशका निजी क्षेत्रका अधिकारीहरुले बताएका छन् । नेपाल भ्रमणमा रहेको कम्बोडियाली टोली र नेपाली उद्योगी व्यवसायीबीच द्विपक्षीय छलफलसँगै सहकार्यको सम्भावना बढेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघक अध्यक्ष भवानी राणा एवं महासंघका पदाधिकारी र नेपाल भ्रमणमा रहेका कम्बोडिया व्यापार संघका उपाध्यक्ष ओक्न्हा लिम हेङको नेतृत्वको टोलीबीच भेटघाट एवं छलफल सम्पन्न भएको छ ।

भेटघाट तथा छलफल कार्यक्रममा महासंघ अध्यक्ष राणाले प्रतिनिधिमण्डलको स्वागत गर्दै नेपालमा हालका दिनमा स्थायी सरकार भएको तथा सरकारको प्रमुख उद्देश्य तथा लक्ष्य आर्थिक समृद्धि भएकोले सो अनुसार नेपालमा लगानी मैत्री वातावरण भएको बारे स्पष्ट पार्दै नेपालमा लगानी गर्न आह्वान गरिन् । उनले नेपालमा लगानीको लागि सम्भाव्य भएका क्षेत्रहरु बारे प्रतिनिधि मण्डललाई जानकारी गराउँदै नेपालमा कृषि, पर्यटन, जलविद्युत लगायतका क्ष्ँेत्रमा लगानीको प्रचुर सम्भावना भएको र सो अनुसार सरकारले लगानीसंग सम्बन्धित ऐन नियमहरु सुधार गर्दै लगेको वस्तुस्थिति प्रस्तुत गरिन् ।

अध्यक्ष राणाले नेपालमा धेरै क्षेत्रहरुमा शत्प्रतिशत विदेशी लगानी गर्न सक्ने जानकारी गराउंदै नेपाल सरकार र कम्बोडिया सरकार बीच भएको हवाई सेवा सम्झौताबाट नेपाल र कम्बोडिया बीच व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्न जाने बताइन् । छलफलको क्रममा उहा“ले हालका दिनहरुमा रोजगारदाता र श्रमिकहरु बीच सुमधुर सम्बन्ध भएको तथ्य माथि प्रकाश पार्दै नेपाल लगानीको लागि अत्यन्त लाभदायक गन्तव्य भएको उनको धारणा छ ।

महासंघ र कम्बोडिया चेम्बर बीच चा“डै नै समझदारी पत्रमा हस्ताक्षर गरी अघि बढ्ने राणाले जानकारी दिइन् ।

कार्यक्रममा कम्बोडिया चेम्बर अफ कमर्सका उपाध्यक्ष लिमले कम्बोडियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिंदै नेपालमा लगानी सम्बन्धी भएका नीति ऐन नियमहरु वारे जिज्ञासा राखेका थिए । उनले नेपाल सरकार र कम्बोडिया सरकार बीच भएको हवाई सेवा सम्झौता द्विपक्षीय व्यापार तथा पर्यटनको बिकासमा कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

दुई सरकारहरु बीचको बलियो सम्बन्धले निजी क्षेत्र बीचको सम्बन्धलाई अझ मजबूत बनाउने धारणा उनको छ ।

छलफल कार्यक्रममा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, पूर्व कार्यकारिणी समितिका सदस्य शंकर प्रसाद पाण्डे, निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी एवं वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : १५ मंसिर २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह