शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम गरिएको छ । मा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया