Logo

Banner-news

नेपाल चेम्बरद्वारा ६१ देशका चेम्बरसँग एमओयू, म्यानमार चेम्बरसँग पनि हस्ताक्षर !


appharu
   १६ मंसिर २०७५, आइतबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीबीच दुई पक्षीय व्यापारको विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल चेम्बर एक्स्पो २०१८ को सन्दर्भ पारेर आयोजना गरिएको एक समारोहमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष नरेश श्रेष्ठ र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीको तर्फबाट सह–महासचिव म्यो थान्टले हस्ताक्षर गरे ।

समझदारी पश्चात दुइ–पक्षीय ब्यापार र लगानी थप मजबुत बन्ने विश्वास व्यक्त गरिएको छ । हालसम्म नेपाल चेम्बर अफ कमर्सले ६१ वटा बिभिन्न देशको चेम्बर अफ कमर्ससंगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको जनाइएको छ ।

प्रकाशित : १६ मंसिर २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह