Logo

Banner-news

अन्ततः निगमको वाइडबडी जापान उड्दै, फेब्रुवरीदेखि साताको तीन उडान !


appharu
   १८ मंसिर २०७५, मंगलबार


काठमाडौं । अन्ततः राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जापानमा सीधा उडान गर्ने भएको छ । निगमले हालै खरिद गरेको बहुचर्चित वाइडबडी जहाजमार्फत जापानको ओशाका सहरमा नियमित उडान गर्न लागेको हो ।

निगमको जहाजले साताको तीन दिन ओशाका उडान गर्ने निश्चितप्राय भएको छ । सन् २००७ सम्म नियमित उडान गरिरहेको उक्त विमानस्थलमा निगमले ११ वर्षपछि पुनः उडान गर्ने भएको हो ।

निगमले सन् १९९४ देखि २००७ सम्म साताका दुई उडान गरेको निगमले आकर्षक गन्तव्य भए पनि जहाज अभावको कारण देखाउँदै जापान उडान रोकेको थियो । यसअघि निगमले बोइङ ७५७ सिरिजको न्यारोबडी जहाजमार्फत जापानको ओशाका उडान गर्दै आएको निगमले अब भने एयरबस ३३० वाइडबडीबाटै उडान गर्ने भएको हो ।

जापान उडानको प्राविधिक पक्षबारे छलफल गर्न जापानी टोलीका उच्च पदाधिकारीहरू नेपाल आएका छन् । ओशाका विमानस्थलको एसिया क्षेत्र हेर्ने निर्देशक इमानुयल मानेन ताउले नेतृत्व गरेको टोली र निगमका उच्च अधिकारीबीच वार्ता भएको छ ।

जापानी टोलीले पुनः उडान गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएको प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन् । नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता (एएसए) गत असारमा पुनारावलोकन भएको थियो । हवाई सम्झौतासँगै नेपाल र जापानबीच अब सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति छ ।

प्रकाशित : १८ मंसिर २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह