Logo

कर्पोरेट-बजार

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो


GDP नेपाल
   ६ मंसिर २०७९, मंगलबार


मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, सोमबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको आज ९६ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेसँगै एक हजार २८० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह