Logo

Banner-news

हान र एफएनसीसीआईले भेटे प्रधानमन्त्री, नेपाल-भारत सीमा पर्यटनका समस्या सुल्झाउन माग


appharu
   १९ मंसिर २०७५, बुधबार


काठमाडौं । नेपाल र भारतबीचको सीमा क्षेत्रको पर्यटन व्यवसायमा देखिएका समस्या लिएर पर्यटन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित होटल संघ नेपालको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

नेपाल र भारतको सीमा क्षेत्रमा ठूला वर्षौंदेखि ठूला लगानीका होटल सञ्चालनमा रहे पनि यीनमा सुरक्षा समस्या, क्यासिनो नीतिलगायतले समस्यामा छन् । भारतीय प्रदेश सरकारले मदिरा विक्रीमा रोक लगाएपछि नेपाल आउने भारतीयको रुची यस्ता होटलमा हुने गरे पनि यसले समेत समस्या उत्पन्न गराइरहेको छ ।

प्रधानमन्त्रीसँग व्यवसायीहरुले अनौपचारिक भेटघाट गरेका हुन् । भेटमा होटल संघ नेपालमा अध्यक्ष अमरमान शाक्य, प्रथम उपाध्यक्ष सृजना राणा, महासचिव विनायक शाक्य तथा क्षेत्रीय होटल संघ सिद्धार्थनगरका अध्यक्ष एवं नान्स होटलका सञ्चालक सीपी श्रेष्ठ र नेपालगन्जका अध्यक्ष असित शमशेर राणा सहभागी थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि छलफलमा सहभागी थिए । प्रधानमन्त्रीले पर्यटन प्रवद्र्धनका लागि सरकार कटिबद्ध रहको र सीमा क्षेत्रका व्यवसायीको समस्या समाधानमा सरकार गम्भीर भएर लाग्ने आश्वासन दिएका थिए ।

होटल संघ उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य भने होइन । संघका पूर्वअध्यक्षहरुले महासंघमा सदस्य नहुने निर्णय यसअघि नै गरिसके पनि महासंघमा अधिकांश सदस्यहरुको एशोसियट सदस्यता भने छ । संघ पर्यटकस्तरीय र तारे होटलको छाता संगठन हो भने महासंघको वस्तुगत सदस्य रहेको होटल व्यवसायी संघ साना होटलहरुको संगठन हो ।

प्रकाशित : १९ मंसिर २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह