Logo

Banner-news

नेपाल एयरलाइन्सलाई युरोपमा उडान अनुमति दिन ईयू चेम्बरको अपिल


appharu
   २३ मंसिर २०७५, आइतबार


काठमाडौं । यूरोपेली आर्थिक चेम्बर (ईईसी) नेपालको १२ औं वार्षिक साधारणसभा विनायक शाहको अध्यक्षतामा हालै काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाले सन् २०१९ को लागि वार्षिक योजना र कार्यक्रम अनुमोदन गरेको छ । नेपाल व्यापार फोरमले यूरोपमा द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गरिने पनि चेम्बरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

वार्षिक साधारण सभाले नेपाली निर्यातमा यूरोपीय युनियन (ईयू) ट्रेड रिजर्भेसनलाई पूंजीकरण गर्न उपलब्ध अनुकूल माध्यमहरू रहेको जानकारी गराउनुका साथ ईयूले शून्य शुल्कमा नेपाल निर्यातमा कुनै कोटाको रोकतोक नभएको समेत जानकारी गराएको थियो ।

नेपाल ईयूको १५३ औं व्यापारसाझेदार रहन सफल भएको छ । ईयू नेपालको दोस्रो ठूलो निर्यात बजार हो जुन १३ प्रतिशत अर्थात चौथो प्रमुख आयात बजार हो ।

दशकौंदेखि स्थिर रहिआएको व्यापारमा अनुकुल वातावरणका साथै पूर्वाधारमा थप लगानी, विविधता र बजारमा सजिलो पहुँच बनाइ निर्यात योग्य वातावरणको लागि पनि जोडदार माग गर्दै नेपाल वर्ष भ्रमण २०२० लाई मध्यनजर गर्दै युरापेली आकाशमा राष्ट्रिय ध्वजावाहकलाई उडड्यन अनुमति दिन समेत आग्रह गरेको छ ।

प्रकाशित : २३ मंसिर २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह