Logo

कर्पोरेट-बजार

रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा


appharu
   २७ मंसिर २०७५, बिहिबार


काठमाडौं । फील एभ्रिथिङ, सी नथिङ भन्ने मूल नाराका साथ जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा प्रस्तुत गरेको छ, जसलाई द वल्र्ड्स क्लियरेष्ट भोड्काको रुपमा बजारमा उपलब्ध गराइएको छ ।

शुद्धताको उच्चतम् मापदण्डयुक्त रसियाको सर्वश्रेष्ठ शुद्धिकरण प्रविधि र उच्च स्पष्टताका लागि बहु– डिस्टिलेशन प्रक्रिया प्रयोग गरेर रुसलान अल्ट्रा प्रिमियम भोड्का तयार गरिएको हो । आफैंमा अनुपम हुनुका साथै मिक्स्ड ड्रिंकको रुपमा पनि आनन्द लिन सकिने यस निर्मल र स्वच्छ स्वादयुक्त भोड्का तयार गर्दा जावलाखेल ग्रुपका मास्टर डिस्टिलर्स र ब्लेण्डर्सले चुनिएका उच्चस्तरीय अनाज तथा विशुद्ध हिमालयको पानी प्रयोग गरेका छन् ।

रुसलान अल्ट्रा प्रिमियम भोड्काले नेपालमा भोड्का पारखीहरुले विगत ४० वर्षदेखि अत्याधिक रुपमा रुचाउँदै तथा पहिलो छनौट बनाउँदै आएको सर्वप्रिय रुसलान भोड्काको विरासतलाई अगाडि बढाएको हो ।

“हामीले रुसलान अल्ट्रा प्रिमियम भोड्काको उत्पादन उच्च आतिथ्य सत्कारको परम्परालाई सम्मान गर्न र सुलभ मूल्यमा प्रिमियम भोड्काको अपेक्षा राख्ने नयाँ पुस्ताको चाहना पूरा गर्न गरेका हौं । हामी हाम्रा उपभोक्ताहरु प्रति प्रतिबद्ध छौं र वहाँहरुले भनेका कुराहरुलाई अत्यन्त गहनताका साथ मनन गर्दछौं,” जेजिआईका प्रबन्ध निर्देशक राज ब. शाहले बताए ।

यस रुसलान अल्ट्रा प्रिमियम भोड्का यही महिनादेखि राजधानी तथा देशका विभिन्न शहरका मदिरा स्टोर, रेष्टुरेन्ट, बार, लाउन्ज तथा क्लबहरुमा उपलब्ध हुनेछ भने सन् २०१९ को प्रथम त्रैमासिकभित्रमा नै नेपालका प्रमुख पसलहरुमा उपलब्ध गराइनेछ ।

यस भोड्काको ७५० मिलि, ३७५ मिलि, र १८० मिलिका बोतलहरुमा क्रमशः १८००-९०० र ४५० रुपैयाँ प्रति बोतलको दरमा उपभोक्ता मूल्य कायम गरिएको छ ।

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज विभिन्न कम्पनीहरु सञ्चालन गर्दे आएको व्यापारिक समूह हो जसले मदिराजन्य पेय पदार्थहरु उत्पादन तथा बिक्री वितरण गर्दछ । यसका डिस्टिलरिज, ब्रुअरी र अनुसन्धान एवं वितरण इकाइहरुले नेपाली बजारका साथै विदेशमा निर्यात गर्नका लागि समेत विभिन्न ब्राण्डका मदिराजन्य पेय पदार्थहरु उत्पादन गर्दछ ।

प्रकाशित : २७ मंसिर २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह