Logo

Banner-news

चीनको हुपेई प्रान्तले नेपालकाे कृषि, पूर्वाधार र पर्यटनमा लगानी गर्ने


appharu
   २ पुस २०७५, सोमबार


काठमाडौ । दुई तिहाइ बहुमत पाएको स्थायी सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा विदेशी लगानीकर्ताहरुको ध्यान नेपालतर्फ तानिएको छ । विदेशी लगानीकर्ताहरुले नेपालमा इच्छा देखाउने क्रम पनि बढेको छ । सोमबार चीनको हुपेई प्रान्तका उद्योगी व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छा देखाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया“ व्यावसायिले सो इच्छा देखाएका हुन ।

नेपाली र चिनिया“ उद्यमी व्यवसायी बीच नेपाल–चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको छ । महासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानी सम्बन्धी विद्यमान नीतिगत व्यवस्था भएको बताए ।

नेपालमा यतिखेर लगानीका लागि सवैभन्दा उपयुक्त समय भएको र नेपाललको सवैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सवैभन्दा बढी लगानी गरीरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा नेपालले गरेको उनले बताए ।
नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यवसायिक कृषि, पूर्वाधार, पर्यटन, उर्जा, सूचना प्रविधि, उत्पादनमुलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरिएको महासंघले जनाएको छ । हुपेई उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाओ सुफेङले नेपालको विकासमा हुपेई प्रान्त सहयोग गर्न आतुर रहेको बताए ।

प्रकाशित : २ पुस २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह