Logo

Sub-banner

विनोद चौधरीले भने- अमेरिका र पश्चिमाहरुसँग ढुक्क हुने अवस्था रहेन


appharu
   २० बैशाख २०७५, बिहिबार


काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं कांग्रेस सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्वब्यापीकरणको विपक्षमा सक्रिय हुनथालेको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

‘विकसित राष्ट्रहरूले आजअन्तर्राष्ट्रिय ब्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागिपरेका छन्’ अमेरिकाको लस एन्जलसमा मिल्केन इन्टिटयुटद्वारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, ‘यसको मतलब के अबहामीले विश्वब्यापीकरणको मान्यतालाई अन्त्यगर्न चाहिरहेका छौं ?’

पछिल्लो समय अमेरिकी ट्रम्प प्रशासनले चिनियाँ उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोधको नीति लिएसँगै यो विषय विश्वब्यापी वहसमा आएको छ । अमेरिकी सरकारले लिएको नीतिको प्रतिक्रियास्वरूप चीन सरकारले पनि अमेरिकी उत्पादनमाथि आफ्नो बजारमा कडाइको नीति अवलम्वन गर्ने सम्भावना बढेर गएको छ ।

विश्वब्यापीकरण विरूद्ध चालिएका यि कदमले विश्वबजारलाई नकारात्मक प्रभाव पार्ने देखिएको छ ।

‘विश्वब्यापीकरणलाई प्रवद्र्धन गर्न विगतमा चालिएका कदमहरू गलत थिए भनेर निष्कर्षमा पुग्ने समय आएको हो ?’ अध्यक्ष चौधरीले भने, ‘विश्वब्यापी रूपमा गम्भीर समीक्षाविना आफ्नो बजार र रोजगारी सुरक्षाका नाममा चालिएका यी कदमहरू संभवतः राजनीतिक लोकप्रियताका लागि हुनसक्छ । तर, त्यसले विश्वमा अर्कै वातावरण तयार गरिदिनेछ ।

चौधरीले लगानीकर्ताका लागि विकासशिल राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढी जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना गरे । ‘अमेरिकालगायतका पश्चिमा विकसित राष्ट्रहरूले पनि कुन बेला कुन नीति लिनेछन् भनेर लगानीकर्ताहरू ढुक्क हुनसक्ने अवस्था छैन ।’

विश्व सम्मेलनमा अध्यक्ष चौधरीले नेपालका बारेमा जानकारी दिँदै नेपाल आर्थिक विकासको सकारात्मक बाटोमा अगाडि बढिरहेको र यो प्रयासमा साथ दिन आग्रह गरे ।

प्रकाशित : २० बैशाख २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह