Logo

Banner-news

कसले भन्छ लगानीको वातावरण छैन ? भैरहवा–परासी करिडोरमा ४० अर्बका उद्योग थपिए !


appharu
   ७ पुस २०७५, शनिबार


भैरहवा । मुलुकमा लगानीको वातावरण छैन भन्नेहरुका लागि एउटा गतिलो उदाहरण बनेको छ भैरहजा परासी करिडोर । भैरहवा–धकधई–परासी सडक खण्ड पश्चिम नेपालकै आकर्षक लगानी गन्तव्य सावित भएको छ ।

पछिल्लो ५ वर्षमा यस क्षेत्रमा ४० अर्बभन्दा बढीको लगानी भएको पाइएको छ । लगानीकर्ताको चाप बढ्दै गएपछि यो क्षेत्र नयाँ औद्योगिक करिडोरको रूपमा परिचित भएको छ ।

उद्योग व्यवसायमा लगानीका लागि रुपन्देहीदेखि नवलपरासीसम्म मुलुककै पहिलो रोजाइ बन्दै गरेको छ ।

भैरहवा–लुम्बिनी क्षेत्रमा १५ किमिको मापदण्ड, सडक खण्डको पूर्वपश्चिम क्षेत्रमा घर घडेरीका लागि नै जग्गा अति महँगो भएकाले उद्योगलाई जग्गा खरिद गर्न अधिक रकम खर्चिनु पर्ने भएकाले पनि यो नयाँ सडक खण्डमा उद्योग व्यवसाय गर्न लगानीकर्ताहरू आकर्षित भएका हुन् ।

जग्गा उपलब्धतासँगै सहज र मूल्य पनि अन्यत्रभन्दा सस्तो भारतबाट कच्चा पदार्थ आयातका लागि सीमा नाका नजिकै रहेकोले पनि सबैको रोजाई बन्दै गएको छ ।
यहाँ स्टिल, मैदा, चामल , कार्पेट, डनलप, ह्विस्की, बियर, सफ्ट ड्रिंक, चाउचाउ, जुत्ता चप्पल, ग्यास, पेट्रोलियम पदार्थ, दाना, अटो, प्लास्टिक, सनमाइका, पाइप, एंगल पत्ती ब्लक, कंक्रिटलगायत दर्जनौं उद्योगहरू सञ्चालनमा छन् ।

प्रकाशित : ७ पुस २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह